×

NMB BANK
NIC ASIA

कांग्रेस बागलुङका दुई क्षेत्रमा नयाँ नेतृत्व, जिल्ला अधिवेशन शुक्रबार हुने

मंसिर ९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बागलुङका दुईवटै निर्वाचन क्षेत्रमा मङ्गलबारबाट शुरू भएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।

Muktinath Bank

दुवै क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि मतदान प्रक्रियाबाट नेतृत्व टुङ्गो लगाइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेस बागलुङ क्षेत्र नं २ को सभापतिमा जोगलाल बुढा निर्वाचित भएका छन् । बुढाले अर्का प्रत्यासी नरजङ्ग घर्तीमगरलाई ९० मतान्तरले पराजित गरे । बुढाले ४१९ मत प्राप्त गर्दा घर्तीले ३२९ मतमात्रै प्राप्त गरे । बुढा संस्थापन पक्षबाट र घर्ती संस्थापनइतरका नेता मानिन्छन् । सचिवमा नारायणध्वज मल्ल र दीपक कुँवर निर्वाचित भए । मल्लले ३८९ र घर्ती ३८० मत प्राप्त गरेको निर्वाचन अधिकृत ज्ञानेन्द्र पन्तले बताए । सहसचिवमा दीपक कुँवर र निरन चन्द विजयी भए । कुँवरले ४२२ र चन्दले ३२४ प्राप्त गरे ।


Advertisment
Nabil box
Kumari

नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिमा क्षेत्र नं २ बाट खुला सदस्यतर्फ जीत शेरचन, नरबहादुर पुन निरज, अर्जुन शेरचन, मञ्जेशबम मल्ल,  दोर्ण कुँवर, भरत शर्मा गैरे, सागर पोखरेल, टेकराज पौडेल, सिंहबहादुर राना र तुलसिंह घर्तीमगर निर्वाचित भएका छन् । प्रत्यक्ष महिलातर्फ गण्डकी थापा अधिकारी, गौता श्रीष, मञ्जु चालिसे र रेणुका काउचा निर्वाचित भएका छन् ।

Vianet communication
Laxmi Bank

खसआर्यबाट महिला सदस्यमा सरस्वती शर्मा रिजाल, खसआर्य खुला सदस्यमा ऋषिराम कँडेल र तिलबहादुर अधिकारी निर्वाचित भए । आदिवासी जनजाति महिला सदस्यमा राधिका पुन र लीलमाया पुन, आदिवासी खुलामा दीपेन्द्र श्रेष्ठ र देवेन्द्र घर्तीमगर निर्वाचित भए । दलित महिला सदस्यमा लिमाया पौवी र  दलित खुला सदस्यमा भूमिराज सुन्चौरी र सोमबहादुर पौवी दामु विजयी भए ।

क्षेत्र नं २ मा संस्थापन पक्षका उम्मेदवार वियजी भएका छन् । क्षेत्रीय समितिदेखि महाधिवेशन प्रतिनिधिसम्म संस्थापन पक्षको बहुमत रहेको नेताले बताए । यहाँका उम्मेदवार स्पष्ट दुई पक्षमा विभाजित भएका थिए । कांग्रेस बागलुङ क्षेत्र नं १ मा चण्डीप्रसाद शर्मा विजयी भएका छन् । प्रतिस्पर्धी खडकबहादुर थापालाई चार मतान्तरले पराजित गर्दै शर्मा विजयी भएका हुन् । शर्माले ५५४ मत प्राप्त गरेको छ भने थापाले ५५० मतमात्रै प्राप्त गरे । सचिवमा शर्माको प्यानलबाटै जयराम भारी र गोविन्द पौडेल (गोपाल) र सहसचिवमा गणेश लम्साल र विष्णु पौडेल विजयी भएका छन् । कांग्रेस महाधिवेशन प्रतिनिधिमा क्षेत्र नं १ बाट खुला सदस्यतर्फ जगदीशचन्द्र उपाध्याय, हरिहर शर्मा, डिल्लीराम सुवेदी, मणिभद्र शर्मा, कँडेल, प्रकाश शर्मा पौडेल, नवराज पौडेल, ओमकार थापा, चिरञ्जीवी गौतम, प्रकाश आचार्य र हरिप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् ।

खसआर्यबाट महिला सदस्यमा कमला पराजुली र भगवती शर्मा सापकोटा, खसआर्य खुला सदस्यमा उमाकान्त पौडेल, नरायण शर्मा पौडेल र विष्णु शर्माले चुनाव जिते । आदिवासी जनजाति महिला सदस्यमा बेमकुमारी थापा, खुलामा वसन्तकुमार श्रेष्ठ र भीम श्रीषले चुनाव जिते । दलित महिला सदस्यमा दुर्गादेवी विश्वकर्मा र दलित खुला सदस्यमा सीताराम रसाइली विजयी भए । मुस्लिम, अपाङ्ग, अल्पसङ्ख्यकमा प्रेमबहादुर छन्त्याल निर्वाचित भएका छन् । 

यसैगरी कांग्रेसको जिल्ला अधिवेशन यही मङ्सिर १० गते हुने भएको छ । जिल्ला अध्यक्षका लागि जगदीशचन्द्र उपाध्याय, द्रोण कुँवर, जित शेरचन र नवराज पौडेल आकाङ्क्षी देखिएका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x