३१ असार २०८३, बुधबार
एमाले महाधिवेशन

महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि एमालेले बनायो अध्यक्ष मण्डल, ओलीदेखि रावलसम्म सदस्य

मंसिर ११, २०७८
महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि एमालेले बनायो अध्यक्ष मण्डल, ओलीदेखि रावलसम्म सदस्य

नेकपा एमाले महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि केपी शर्मा ओली सहितको अध्यक्ष मण्डल बनाइएको छ ।

शनिवार बन्द सत्रमा महासचिव ईश्वर पोखरेलले अध्यक्ष मण्डलमा रहने सदस्यको नाम प्रस्ताव गरेका थिए । 

अध्यक्ष मण्डलमा ओली, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालवावु पण्डित र गोमा देवकोटा सदस्य छन् । 

महाधिवेशनको बाँकी काम अध्यक्ष मण्डललाई जिम्मा लगाइएको छ । त्यसअघि बन्द सत्रमा लामो सम्बोधन गर्दै ओलीले सुझबुझका साथ देशलाई हाँक्न सक्ने नेतृत्व चयन गर्नुपर्ने बताएका थिए । 

बन्द सत्रमा विधान संशोधन प्रस्ताव पेश गरिँदैछ । महाधिवेशन भोलि आइतवार सम्पन्न गर्ने तयारी छ । 
 

salt training

कमेन्ट गर्नुहोस्