२१ असार २०८३, आइतबार
एमाले महाधिवेशन

भीम रावलले चुनाव नै चाहे हलमा हात उठाउन लगाएर मत परीक्षण गर्ने तयारी

मंसिर १२, २०७८
भीम रावलले चुनाव नै चाहे हलमा हात उठाउन लगाएर मत परीक्षण गर्ने तयारी
फाइल फोटो

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षका आकांक्षी भीम रावलले पछि नहटे हलमा हात उठाउन लगाएर मत परीक्षणको विधि अपनाइने भएको छ ।

मतदान नै गराउनुभन्दा हात उठाउने विधिबाट समेत मत परीक्षण हुने भएकाले हलमै खुलारूपमै रावल पक्षको मत परीक्षण गरिने अध्यक्ष केपी शर्मा ओलीनिकट स्रोतले जानकारी दिएको छ ।

हलमा रावलको पक्षमा कमजोर मत देखाएर अध्यक्ष ओलीले प्रस्ताव गरेका पदाधिकारी र केन्द्रीय सदस्यलाई अनुमोदन गराइने भएको छ ।

शनिवारको बन्दसत्रबाट पदाधिकारी र सदस्यको नाम प्रस्ताव गर्ने अधिकार अध्यक्ष ओलीलाई दिइएको छ । तर यसमा भीम रावलले आपत्ति जनाएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्