२० असार २०८३, शनिबार

वैज्ञानिकहरूको चेतावनी– ओमिक्रोन भेरिएन्टले ल्याउनेछ विनाश

मंसिर १२, २०७८
वैज्ञानिकहरूको चेतावनी– ओमिक्रोन भेरिएन्टले ल्याउनेछ विनाश

अफ्रिकी मुलुक बोत्स्वानामा पहिलोपटक देखिएको कोभिडको ओमिक्रोन भेरिएन्टलाई वैज्ञानिकहरूले अत्यन्तै चिन्ताजनक बताएका छन् । 

उनीहरूका अनुसार, यो भेरिएन्ट महामारीको दोस्रो संस्करणका रूपमा संसारभरि फैलिन र विनाश मच्चाउन सक्छ ।

यसैबीच अमेरिकाको न्युयोर्कका गभर्नरले राज्यमा कटकाल घोषणा गरेका छन् । अप्रिल २०२० पछि कोरोना संक्रमण दर उच्च विन्दुमा पुगेपछि संकटकाल घोषणा गरिएको हो । 

विशेषज्ञहरूले एकबाट अर्को देशमा यात्रा प्रतिबन्ध लगाउन सरकारहरूलाई आग्रह गरेका छन् । 

अमेरिकाले ओमिक्रोन रोक्नका लागि आठवटा अफ्रिकी मुलुकको उडानमा प्रतिबन्ध लगाएको छ । शुक्रवार दक्षिण अफ्रिकाबाट नेदरल्यान्ड्स आइपुगेको एक विमान दर्जनौं मानिस ओमिक्रोन संक्रमित भेटिए । उनीहरूलाई क्वारेन्टीनमा राखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्