
बलिउडका चर्चित अभिनेता आमिर खान र अनुष्का शर्मा स्टारर ‘पीके’ चलचित्र २०१४ मा रिलिज भएको थियो ।
यस चलचित्रमा रणबीर कपूरले पनि भूमिका निभाएका थिए ।
यसपछि पीकेको सीक्वेलमा फेरि उनीहरू एकसाथ देखिने आँकलन गरिएको थियो ।
तर अहिलेसम्म यसबारे कुनै जानकारी मिलेको छैन ।
पछिल्लो खबर अनुसार आमिर र रणबीर दुवैलाई एक स्क्रिप्ट मन परेको छ । दुवै ठूलो पर्दामा सो स्क्रिप्टमा देखिन तयार छन् ।
रिपोर्टस्का अनुसार, आमिर र रणबीर एक फिल्मका लागि चलचित्र बोर्डमा पनि गइसकेका छन् ।