
मौद्रिक नीतिको समीक्षापछिको पहिलो दिन आइतवार शेयर बजारमा गिरावटको संकेत देखिएको छ ।
कारोबार खुलेको ४४ मिनेटसम्ममा शेयर बजारमा ३०.९८ अंकको गिरावट आइसकेको छ ।
मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षापछि पनि लगानीकर्ताहरू सन्तुष्ट हुन सकेका छैनन् ।
कुल २ सय ४ कम्पनीको १९ लाख ४ हजार ८६ कित्ता शेयर १ अर्ब ७ करोढ ६१ लाख १४ हजार रुपैयाँ बराबरमा किनबेच भएको छ ।