१९ असार २०८३, शुक्रबार

कांग्रेसको निर्वाचन समिति संयोजकमा गोपालकृष्ण घिमिरे

मंसिर १२, २०७८
कांग्रेसको निर्वाचन समिति संयोजकमा गोपालकृष्ण घिमिरे

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजकमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे मनोनीत भएका छन् । 

समितिको यसअघिका संयोजक वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवले आफ्नो स्वास्थ्यका कारण पदबाट राजिनामा दिएपछि घिमिरेलाई आज संयोजकमा मनोनीत गरिएको पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले जानकारी दिए । 

सभापति शेरबहादुर देउवाले संयोजक यादवले पदबाट दिएको राजीनामा पार्टीको विधानबमोजिम आजै स्वीकृत गरेका थिए । 

वरिष्ठ अधिवक्ता घिमिरे यसअघि समितिको वरिष्ठ सदस्य थिए । 

कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत गत भदौ १८ गतेदेखि वडा अधिवेशन प्रारम्भ गरेको हो । त्यसयता अधिकांश जिल्लामा पालिका, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ । 

कांग्रेसको १४ औँ महाधिवेशन यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुँदैछ । 

salt training

कमेन्ट गर्नुहोस्