२१ जेठ २०८३, बिहीबार
एमाले महाधिवेशन

निर्वाचन तालिका सार्वजनिक भएलगत्तै उम्मेदवारी दिने तयारी

निर्वाचन तालिका सार्वजनिक भएलगत्तै उम्मेदवारी दिने तयारी

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि पार्टीको निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेसँगै नेतृत्वका आकांक्षीले उम्मेदवारी दर्ता गराउन शुरू गरेका छन् ।

केन्द्रीय सदस्यका आकांक्षीहरूले दरखास्त फाराम लिएर उम्मेदवारी दर्ता गराउने तयारी गरेका हुन् ।

केन्द्रीय सदस्यका लागि रश्मी आचार्य, रामचन्द्र न्यौपाने लगायतले फाराम लिएर मनोनयन दर्ताको तयारी गरेका छन् ।

निर्वाचन आयोगका अनुसार मध्यराति १२ बजेसम्म केहीले फाराम लिएर गएपनि उम्मेदवारी भने दर्ता भइसकेको छैन ।

साढे १२ बजेसम्म उम्मेदवारी मनोनयन गर्ने र सोमवार बिहान ९ बजेदेखि मतदान गर्नेगरी निर्वाचन आयोगले कार्यतालिका प्रकाशित गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्