२२ असार २०८३, सोमबार

केशव बडाल एमाले अनुशासन आयोगको अध्यक्ष

केशव बडाल एमाले अनुशासन आयोगको अध्यक्ष
फाइल तस्वीर

नेकपा एमाले अनुशासन आयोगको अध्यक्षमा केशव बडाल प्रस्तावित भएका छन् ।

अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा अ‍ोलीले आइतवार मध्यरातमा बन्दसत्रमा बडालको नाम अध्यक्षमा प्रस्तावित गरेका हुन् ।

युवराज ज्ञवाली अनुशासन आयोगको अध्यक्ष बन्ने चर्चा थियो । 

आयोगको उपाध्यक्षमा नेत्र पन्थी र सचिवमा भरत पहाडी प्रस्तावित भएका छन् ।

यसअघि आयोगको अध्यक्ष अमृतकुमार बोहरा थिए ।

अध्यक्ष ओलीले बन्दसत्रमा ३०१ सदस्यीय केन्द्रीय समितिको नाम पेश गरेका थिए । सो नाम बन्दसत्रबाट अनुमोदन भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्