२२ असार २०८३, सोमबार

एमाले महाधिवेशन: वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव सर्वसम्मत

मंसिर १३, २०७८
एमाले महाधिवेशन: वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव सर्वसम्मत

नेकपा एमालेको दशौं महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ । 

अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको सूची मध्ये वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलबाहेक कसैले मनोनयन नगरेपछि उनी सर्वसम्मत भएका हुन् । 

महासचिवमा पनि शंकर पोखरेलविरुद्ध कसैले उम्मेदवारी दिएनन् । उनी सर्वसम्मत भएका छन् । उपमहासचिवत्रय प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल पनि सर्वसम्मत भएका छन् । 

अध्यक्षमा केपी ओली र भीम रावलको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ओलीले प्रस्ताव गरेका बाहेक घनश्याम भुसालले उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्षमा अब मतदान हुने भएको छ । 

यस्तै सचिवमा पनि ओलीले गरेको प्रस्तावबाहेक भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएका छन् । उम्मेदवारी मनोनयन गर्ने समय सकिएको छ । मतदान भने रातिमात्र हुनेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्