भारतको महाराष्ट्रमा रहेको ठाणेमा एक विवाह समारोह भइरहेको पण्डालमा आगो लागे पनि जन्ती आएका मानिस खाना खाएर बसिरहेको भिडियो सार्वजनिक भएको छ ।
आइतवार राति अन्सारी म्यारिज हलमा भयंकर आगो लागेको थियो । केही समयभित्रै म्यारिज हल आगोले ध्वस्त भयो ।
दुलाहा र दुलहीलाई बडो गाह्रो गरी उद्धार गरियो ।
तर त्यस्तो हुँदा पनि जन्तीमा आएका मानिसहरू खाना खाएर बसिरहे ।
पछाडि बेस्सरी आगो लागेको तर मानिसहरू मुस्काउँदै खाना खाइरहेको भिडियो भाइरल बनिरहेको छ । खानाका लोभी मानिसहरूको आलोचना भइरहेको छ ।
ठाणे नगर निगमका अनुसार, फायर ब्रिगेडका ६ वटा दमकलले लगभग तीन घन्टामा आगो निभाएका थिए । दुर्घटनामा कोही पनि घाइते भएन ।
म्यारिज हलमा खाना बनाइरहेको बेलामा आगो लागेको बताइएको छ । आगो बढेर पार्किङसम्म पुगेको थियो ।
आगलागीमा पाँचवटा बाइक र एउटा कार जलेर ध्वस्त भएका छन् ।
भिडियो हेर्नका लागि तलको लिंक क्लिक गर्नुहोला :