जेठ ६, २०७९
सुनसरीको कोशी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका ऐयुब अन्सारी निर्वाचित भएका छन् । अन्सारीले छ हजार ४१६ मत प्राप्त गर्दै प्रतिस्पर्धी जनता समाजवादी पार्टीका देवकृष्ण यादवलाई एक हजार १९९ मतान्तरले पछि पारेका...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पे्रमबहादुर आलेले धनगढी विमानस्थलको धावन मार्गका लागि चाहिने जग्गा अधिग्रहणको काम तत्काल अघि बढाउन निर्देशन दिएका छन् ।
धनगढी विमानस्थलको सोमवार निरीक्षण गर्दै उनले आवश्यक जग्गा अधिग्रहणको प्रक्रिया सहितको फाइल तत्काल मन्त्रालयमा पेश गर्न निर्देशन दिए ।
निरीक्षणकै क्रममा मन्त्री आलेले विमानस्थलमा रहेका पुराना भौतिक संरचनादेखि अन्य नयाँ निर्माण गर्नुपर्ने संरचनाका विषयमा पनि लेखेर पठाउन निर्देशन दिएको विमानस्थलका प्रमुख रामकृृष्ण भट्टले बताए ।
उनले भने, ‘मन्त्रीले विमानस्थलको धावनमार्गदेखि अन्य संरचना निर्माणका लागि चाहिने जग्गा अधिग्रहणको काम अघि बढाउन निर्देशन दिनुभएको छ, नागरिक उड्डयन प्राधिकरणले सो विषयका सबै फाइल तयार गरी केही दिनमा मन्त्रालयमा पेश गर्नेछ ।’
धनगढी विमानस्थल विस्तारका लागि कूल ३११ बिघा जग्गा आवश्यक छ । यसका लागि २२८ बिघा जग्गा अधिग्रहण गर्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालय धनगढीले जनाएको छ । अहिले विमानस्थलसँग कूल ८३ बिघा जग्गा छ ।
क्षेत्रीयस्तरको विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहणको काम गर्न थालिएको हो । सोही क्रममा मन्त्री आलेले विमानस्थलमा यात्रुलाई राख्ने ठाउँ साघुँरो भएकाले त्यसलाई फराकिलो बनाउन निर्देशन दिए । पहाडी जिल्लामा हवाइ उडान शुरू भएकाले यात्रुको चाप बढेको छ । विमानस्थलमा यात्रु बस्ने ठाउँ अभाव भएको छ ।
सुनसरीको कोशी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका ऐयुब अन्सारी निर्वाचित भएका छन् । अन्सारीले छ हजार ४१६ मत प्राप्त गर्दै प्रतिस्पर्धी जनता समाजवादी पार्टीका देवकृष्ण यादवलाई एक हजार १९९ मतान्तरले पछि पारेका...
रुपन्देहीको बुटवल उपमहानगरपालिका कालिकानगरमा जेब्रा क्रसमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार राति सवा १० बजेको समयमा योगिकुटीबाट बुटवलतर्फ आउँदै गरेको लु५४प ७३०७ नम्बरको...
सफा हिमाल अभियान अन्तरगत नेपाली सेनाले ३० हजार ३४४ केजी फोहोर संकलन गरेको छ । २०७८ चैत २२ गतेबाट शुरू भएको सफा हिमाल अभियान खटिएको टोलीले सगरमाथा र ल्होत्से हिमालबाट कुहिने १ हजार ३०८ र ...
पूर्व–पश्चिम राजमार्गको कञ्चनपुरको दैजी–झलारी खण्डको अर्जुनी क्षेत्रमा शुक्रबार राति जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ । महेन्द्रनगरबाट धनगढीतर्फ गइरहेको से१च ४४८ नम्बरको जीपले विपरीत...
नेपाली सेनाले काठमाडौं तराई/मधेश द्रुतमार्ग सडक आयोजनाका लागि जनशक्ति माग गरेको छ । सेनाले विभिन्न तहमा काम गर्न ६ जना कर्मचारी माग गरेको हो । उनीहरूलाई करार सेवा अन्तर्गत सुविधा दिइने सेनाले ज...
हेटौडा उपमहानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । हेटौंडामा ७१५१८ गन्दा एमालेका मेयर उम्मेदवार अनन्त पौडेलले २०३९५ मत पाएका छन् भने एकीकृत समाजवादीकी मिना लामा २२४६८ मत पाएर अग्रता बनाइरहेकी छन्...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...