
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष प्रकाशचन्द्र लोहनी अध्यक्षका उम्मेदवार राजेन्द्र लिङदेनको पक्षमा उभिएका छन् ।
एक वक्तव्य जारी गर्दै उनले आफू लिङदेनको पक्षमा उभिएको स्पष्ट पारेका हुन् ।
‘राप्रपामा आजको परिस्थितिमा नयाँ नेतृत्वले ठाउँ पाउनुपर्छ भन्ने मेरो भनाइ र विश्वास हो,’ उनले भनेका छन् ।
राप्रपाको एकता महाधिवेशन काठमाडौंमा मंसिर १५–१७ सम्म हुनेछ ।