हिन्दी फिल्म ‘८३’ को ट्रेलर मंगलवार सार्वजनिक भएको छ ।
भारतले पहिलोपटक क्रिकेट विश्वकप जितेको कथामा आधारित फिल्मको ट्रेलर अभिनेता रणवीर सिंहले आफ्नो इन्स्टाग्राम अकाउन्टमा शेयर गरेका हुन् ।
रणवीरले फिल्ममा क्याप्टेन कपिल देवको भूमिका निर्वाह गरेका छन् ।
यो फिल्म डिसेम्बर २४ मा सिनेमाघरहरूमा रिलीज गरिने रणवीरले जानकारी दिएका छन् ।