०३ असार २०८३, बुधबार

ओलीले भट्याए, कार्यकर्ताले घन्काए नारा

मंसिर १४, २०७८
ओलीले भट्याए, कार्यकर्ताले घन्काए नारा

नेकपा एमालेको १० औँ महाधिवेशन औपचारिक रुपमा सम्पन्न भएको छ । चितवनको सौराहामा मंसिर १० देखि सुरु भएको महाधिवेशन मंगलबार सम्पन्न भएको हो । महाधिवेशन १२ गते  सकिने भनिएपनि निर्वाचनमा ढिलाइ भएपछि दुई दिन लम्बिएको थियो ।
आज सम्पन्न महाधिवेशनबाट केपी ओलीको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी निर्वाचित भएको छ । अध्यक्षमा निर्वाचित भएपछि बन्दसत्रलाई सम्बोधन गरेर ओलीले महाधिवेशन औपचारिक रुपमा सकिएको घोषणा गरेका हुन् ।

सो क्रममा ओलीले नारा समेत भट्याए भने नेता कार्यकर्ताले त्यसमा साथ दिएका थिए । ओलीले नेकपा एमाले भन्दा नेता कार्यकर्ताले जिन्दावाद भनेर नारा घन्काए भने जनताको बहुदलीय जनतावाद  भन्दा जिन्दावाद र अमर सहिद लालसलाम भन्दै नारा लगाए ।

salt training

कमेन्ट गर्नुहोस्