×

NMB BANK
NIC ASIA

एकता र विभाजनको मनोविज्ञानलाई समाहित गर्दै सकियो एमाले महाधिवेशन

मंसिर १४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

 आम राजनीतिक चासोका बीच चितवनको सौराहमा सम्पन्न नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनले पार्टीभित्र देखिएका तीन धारलाई समाहित गरेको छ ।

Muktinath Bank

महाधिवेशनले पूर्ववत् एमाले, नेकपा (माओवादी केन्द्र)बाट एकतामा सामेल र १० बुँदे सहमतिका पक्षधरको मनोविज्ञानलाई समाहित गरेको छ । महाधिवेशनपछि एकता, ऊर्जा र सङ्कल्पको भावना बोकेर प्रतिनिधि फर्कन थालेका छन् । कूल ३०१ सदस्यीय केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला, अन्य जातजातिगत प्रतिनिधित्वसहित अधिकांश युवा अनुहारको प्रवेशले पनि एमालेभित्र ऊर्जा उत्पन्न भएको मानिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादका कारण हुन पुगेको प्रतिनिधिसभाको विघटन, अन्तरपार्टी सङ्घर्ष र सर्वाेच्च अदालतका दुई फैसलाबाट तरङ्गित तथा प्रतिपक्षमा आइपुगेको संसद्को ठूलो दल एमालेको महाधिवेशनका प्रतिनिधिले नयाँ नेतृत्व चयन सहमतिमा गर्न दिएको म्याण्डेटअनुसार नै परिणाम निकालेको छ । प्रतिनिधि र कार्यकर्ताको भवनाबमोजिम पुनः अध्यक्षमा केपी शर्मा ओली निर्वाचित हुनु, पार्टी विभाजन हुनुपूर्व तत्कालीन नेता माधवकुमार नेपाल निकट मानिने अष्टलक्ष्मी शाक्यले उपाध्यक्षहरुमा सर्वाधिक मत हासिल गर्नु र उपाध्यक्षमा माओवादीबाट एकतामा सामेल रामबहादुर थापा विजयी हुनुले तीनवटै मनोविज्ञान सहमति र निर्वाचन दुवैका माध्यमबाट व्यक्त भएको मानिएको छ ।


Advertisment
Nabil box
Kumari

हलमा सहमतिको प्रस्ताव नगरेर सिधै निर्वाचन गराइएको भए ती तीन धार यसरुपमा समेटिन नसक्ने र पार्टीमा पुनः फुटको खतरा हुने आँकलन गरिएको थियो । निर्वाचनमा प्रतिनिधिले अध्यक्ष पदमा पराजित डा भीमबहादुर रावल र उपाध्यक्षमा पराजित घनश्याम भुसाललाई केन्द्रीय सदस्यमा विजयी गराएर आन्तरिक एकताको भावना प्रदर्शन गरेका छन्, यद्यपि डा रावलले केन्द्रीय सदस्य पदको शपथ लिएका छैनन् । अध्यक्ष ओलीले उनलाई शपथ लिन आग्रह गरिसकेका छन्।

Vianet communication
Laxmi Bank

नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महाधिवेशनका प्रतिनिधिले गरेको फैसला पार्टीको साङ्गठनिक र राजनीतिक जीवनमा दूरगामी महत्व राख्ने खालको हुने बताए ।

महाधिवेशनपूर्व नै एमालेका अध्यक्ष ओली र अन्य नेताले पार्टीले आगामी निकट भविष्यमा विभिन्न तहका निर्वाचनमा सत्ता गठबन्धनसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले दशौँ महाधिवेशनले एकढिक्का भएर त्यसको सामना गर्ने सन्देश दिने बताउँदै आएका थिए । महाधिवेशनको बन्दसत्रको पहिलो दिन मङ्सिर १० गते अध्यक्ष ओलीले पार्टीभित्र प्रतिस्पर्धा हुने र विपक्षी पार्टीसँग मात्रै प्रतिद्वन्द्वी हुने जनाएर सहमतिका लागि आह्वान गरेका थिए । एमालेको गत असोजमा सम्पन्न विधान महाधिवेशनले नीतिगत मुद्धामा छलफलसहित दस्तावेज पारित गरेकाले दशौँ महाधिवेशनमा नेतृत्व चयनको मुख्य कार्यसूची राखिएको हो ।

 एमालेका नेता भुसालले विधान महाधिवेशनयता पार्टी सही विचार र नीतिमा रहेको सार्वजनिक गर्नुले एमाले नीति र मनोविज्ञानमा एकतायुक्त छ भन्ने सहज आधार पनि मिलेको छ । दशौँ राष्ट्रिय महाधिवेशनले सोही नीतिलाई पछ्याउँदै समसामयिक राजनीतिकलगायत विविध विषयमा घोषणापत्र पनि जारी गरेको छ । दक्षिणपन्थी अवसरवाद र साङ्गठनिक अराजकताको अन्त्य गर्दै जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्धिको आधार निर्माण गर्ने मुख्य नारा बोकेको महाधिवेशनमा यस विचारमाथि कुनै विवाद उत्पन्न भएको सुनिएन ।

     यही मङ्सिर १० गते चितवनको नारायणी किनारमा निर्मित विशेष मञ्चमा उद्घाटित महाधिवेशनको बन्दसत्रको पहिलो दिन यही मङ्सिर ११ गते अध्यक्ष मण्डलका अध्यक्ष ओलीलाई ३०१ सदस्यीय केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यका उम्मेदवारको नामावली प्रस्तुत गर्न अधिकार दिएको थियो । अध्यक्ष ओलीले विभिन्न नेताहरुसँगको परामर्शमा १२ गतेको बन्दसत्रमा नामावली प्रस्तुत गर्दा अधिकांशले सहमति जनाएकामा डा रावल, नेता भुसाललगायतका नेताले अस्वीकार गरेपछि निर्वाचन भएको हो । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x