३० असार २०८३, मंगलबार

भक्तपुरको कमलविनायकमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा

मंसिर १५, २०७८
भक्तपुरको कमलविनायकमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले भक्तपुर जिल्लाको कमलविनायक स्थित शाखा कार्यालय कमलविनायक विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मंगलबार विधिवत रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् । 

उक्त अवसरमा नगर प्रमुख सुनिल प्रजापतिले नगरपालिका लगायत सरकारी कार्यालयहरूको सरकारी कारोबार राष्ट्रिय वाणिज्य बैंक मार्फत गर्ने सोच रहेको बताए ।

उनले भक्तपुर जिल्ला धार्मिक, पर्यटकीय र कृषि क्षेत्रमा आधारित  भएकाले सोही अनुसारको व्यवसाय विस्तार गर्नुपर्ने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आम नागरिकलाई आधुनिक बैंकिङ्ग सेवा प्रवाह गर्दै जाने बताए । उनले बैंकले भक्तपुरमा उद्योग वाणिज्य संघ लगायत संघसंस्था तथा व्यवसायीहरूसँग सहकार्य गर्दै अगाडि बढ्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्