०७ साउन २०८३, बिहीबार

कार्यभार सम्हालेको दोस्रो दिन राखेपका सदस्यसचिवले गरे विभागीय प्रमुखसँग बैठक

मंसिर १५, २०७८
कार्यभार सम्हालेको दोस्रो दिन राखेपका सदस्यसचिवले गरे विभागीय प्रमुखसँग बैठक

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्यसचिव टंकलाल घिसिङले राखेप अन्तर्गतका विभिन्न विभागका प्रमुखसँग बुधवार बैठक बसी छलफल गरेका छन् ।

सदस्य सचिवको कार्यभार सम्हालेको दोस्रो दिन विभागका समस्या, कार्य प्रगति विवरण लगायतबारे जानकारी लिन बैठकमा छलफल गरिएको हो ।

बैठकमा प्रशासन विभागका प्रमुख कुलबहादुर थापा, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक र उपनिर्देशक हिमाल दाहाल, राष्ट्रिय टीम तयारीका निर्देशक महेन्द्रकुमार राई, विद्यालय खेलकुद विकास विभागका प्रमुख वज्र केसी, पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख अरुण उपाध्यायले आ–आफ्नो विभाग र शाखाबारे जानकारी गराएका थिए ।

उक्त अवसरमा प्रशासनिक र  प्राविधिक कर्मचारीको अवस्था, जिल्ला र क्षेत्रका कार्यालयको अवस्था, कर्मचारी समायोजन र पदपूर्ति, भौतिक पूर्वाधारको अवस्था, बजेट लगायतका विषयमा सदस्यसचिव घिसिङलाई जानकारी गराइएको थियो ।

बैठकलाई सम्बोधन गर्दै सदस्यसचिव घिसिङले परिषद्मा रहेका विभिन्न प्रकार समस्यालाई हल गर्दै अगाडि बढ्ने बताउँदै खेलकुद क्षेत्रलाई अझ गतिशिल बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए । उनले क्रमैसँग बाँकी शाखा र विभागका प्रमुखसँग पनि छलफल गर्ने जानकारी दिए ।


 

कमेन्ट गर्नुहोस्