
काठमाडौं, १२ असार — चीनले संसारकै सबभन्दा खतरनाक र शक्तिशाली पनडुब्बी बनाएको छ । चीनको अनुसन्धान संस्थान चाइनिज एकेडमी आफ साइन्सका अनुसार यो पनडुब्बी सांघाईमा बनेको हो ।

यसको नाम सुपर कन्डक्टिभ म्याग्नेटिक एनोमली डिटेक्सन एरे नामक यो पनडुब्बीले समुद्रमा लुकेका खनिज तथा अन्य पनडुब्बीलाई तीव्रताका साथ पत्ता लगाउन सक्छ ।
वैज्ञानिकहरूको विशेषज्ञ समितिले यसको परीक्षण पनि गरेको छ ।
यो खबर सुनेपछि भारतको होश उडेको छ । त्यसैले उसले चीनलाई समुद्रमा टक्कर दिनका लागि एक योजना बनाएको छ । यो परियोजनाअन्तर्गत करीब ६० हजार करोड रुपैयाँ खर्च हुने भएको छ ।
भारतीय सरकारले निजी कम्पनीहरूलाई पनडुब्बी बनाउने जिम्मेवारी सुम्पेको छ ।
एजेन्सी