२२ जेठ २०८३, शुक्रबार

दक्षिण अफ्रिकाका वैज्ञानिकहरू भन्छन्– ओमिक्रोन भेरिएन्टबाट युवालाई बढी खतरा

मंसिर १६, २०७८
दक्षिण अफ्रिकाका वैज्ञानिकहरू भन्छन्– ओमिक्रोन भेरिएन्टबाट युवालाई बढी खतरा

कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनले संसारमा सनसनी फैलाइरहेको छ । 

बीसभन्दा बढी देशमा यो भेरिएन्ट भेटिएको पुष्टि भइसकेको छ । 

यस नयाँ भेरिएनटका बारेमा पहिलोपटक जानकारी दिने दक्षिण अफ्रिकी वैज्ञानिकहरूले यसबाट धेरैजसो युवा प्रभावित भएको बताएका छन् । ओमिक्रोनले हलुका बिरामी मात्र बनाउने भनी बताइएको भए पनि त्यस निष्कर्षमा पुगिहाल्नु हतारो हुने दक्षिण अफ्रिकी वैज्ञानिकहरूको भनाइ छ । 

यसका बारेमा थप जानकारी जुटाइरहेको र दुईदेखि तीन हप्तामा जानकारी आउने उनीहरूले बताए । 

यस भेरिएन्टका कारण रोगी भएका मानिस सबै युवा हुन् । त्यसको आयु ४० वा त्यसभन्दा कम छ । 

नेसनल इन्स्टिच्युट फर कम्युनिकेबल डिजीजले विगत २४ घन्टामा दक्षिण अफ्रिकामा नयाँ केसको दैनिक संख्या बढेर ८५ सय ६१ पुगेको जानकारी दिएको छ । 

दक्षिण अफ्रिकी सरकार र वैज्ञानिकहरूले नोभेम्बर २५ मा कोरोनाको नयाँ भेरिएन्टको घोषणा गरेका थिए । त्यसपछि विश्व स्वास्थ्य संगठनले यसलाई ओमिक्रोन नाम दियो । 

नयाँ भेरिएन्ट पत्ता लागेपछि दक्षिण अफ्रिकाबाट हुने उडानमा कतिपय देशहरूले प्रतिबन्ध लगाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्