२५ असार २०८३, बिहीबार

सुदूरपश्चिम कांग्रेसको प्रदेश सभापति बन्न ६ आकांक्षी चर्चामा

मंसिर १६, २०७८
सुदूरपश्चिम कांग्रेसको प्रदेश सभापति बन्न ६ आकांक्षी चर्चामा

नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशन बिहीवारदेखि कैलालीको धनगढीमा शुरू हुँदैछ ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा नेतृत्वका लागि आकांशी धेरै हुँदा केन्द्रीय नेतालाई सकस परिरहेको छ ।

कांग्रेसले सुदूरपश्चिम प्रदेशको निर्वाचन संयोजनको जिम्मेवारी कानूनमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडूलाई दिएअनुसार उनी बुधवार धनगढी आइपुगेका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री रमेश लेखक, नारायणप्रकाश साउँद, बद्री पाण्डे र वीरबहादुर बलायर लगायत नेता नेतृत्वका लागि उम्मेदवार छान्न सक्रिय छन् । 

कांग्रेसको नेतृत्वका लागि पूर्व राज्यमन्त्री तथा नेपाली कांग्रेसका नेता अर्जुनजंगबहादुर सिंह र गोविन्द शाह, कैलालीका पूर्व सभापति नरनारायण शाह, सुदूरपश्चिम प्रदेशसभा सदस्य गोविन्द बोहरा, भरत खड्का र युवा नेता पुष्प शाही आकांशी देखिएका छन् ।

प्रदेश सभापतिसँगै अन्य पदका उम्मेदवारले जिल्ला/जिल्लाबाट आएका प्रतिनिधिलाई मत माग्नाका साथै सामाजिक सञ्जालको समेत प्रयोग गरेर आफ्नो पक्षमा मतदानका निम्ती आग्रह गरिरहेका छन् ।

प्रदेश सभाको निर्वाचन तालिकाअनुसार शुक्रवार मनोनयन दर्ता र शनिवार मतदान हुने भनिएको छ ।

सुदूरपश्चिममा १६ प्रतिनिधिसभा र ३२ प्रदेशसभा निर्वाचन क्षेत्रबाट गरी ९७५ प्रतिनिधि छनोट भएका छन् ।

कैलाली र अछामबाहेक ७ जिल्लाको कांग्रेसको जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्