×

NMB BANK
NIC ASIA

राष्ट्र बैंक अध्ययन : ठूला उद्योगलाई आईपीओमार्फत क्षमता बढाउने अवसर

मंसिर १७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

पूँजीबजारतर्फ आमसर्वसाधारणको आकर्षण बढ्दै गएको अवस्थामा ठूला उद्योगहरूलाई आईपीओमार्फत पूँजी वृद्धि गरी क्षमता बढाउने अवसर देखिएको छ । आईपीओ मार्फत पूँजी वृद्धि गरी उत्पादनसमेत बढाउन सक्ने सम्भावना नेपाल राष्ट्र बैंकको एक अध्ययनले देखाएको हो ।

Muktinath Bank

राष्ट्र बैंकले वागमती प्रदेशको आर्थिक गतिविधि सम्बन्धमा गरेको अध्ययनले यस्तो देखाएको हो । उक्त अध्ययनले वागमती प्रदेशभित्रका उद्योगहरूको हकमा यस्तो सम्भावना रहेको देखाएको हो । पछिल्लो समय नेपाली पूँजीबजारमा सर्वसाधारणको आकर्षण बढेको छ । आम सर्वसाधारणले अनलाइनमार्फत नै पूँजीबजारमा लगानी गर्दै आएका छन् । कुनै कम्पनीले आईपीओ निष्कासन गर्दा २४/२५ लाख जनाले आवेदन दिने गरेका छन्, त्यो अवस्थामा वागमती प्रदेशका उद्योगहरूलाई आईपीओमार्फत पूँजी वृद्धि गर्ने अवसर हुने राष्ट्र बैंकको अध्ययनले देखाएको छ । यसबाट उद्योगको उत्पादनसमेत बढ्न सक्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुलुकका अधिकांश ठूला उद्योग वागमती प्रदेशमा नै छन् । अन्य प्रदेशका उद्योगका कर्पोरेट कार्यालयहरू पनि वागमतीमै छन् । त्यसमाथि पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से) यही छन् ।


Advertisment
Nabil box
Kumari

साथै, मर्चेन्ट तथा क्यापिटल कम्पनीहरू पनि यही प्रदेशमा छन् । त्यस कारण वागमती प्रदेशका उद्योगहरूलाई यस्तो सम्भावना भएको राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका प्रमुख तथा कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले बताए ।

Vianet communication
Laxmi Bank

‘यी नै कारणले वागमती प्रदेशका उद्योगलाई आईपीओमार्फत पूँजी बढाउन सहज छ । फलस्वरूप उनीहरूको उत्पादन बढ्ने सम्भावना हुन्छ,’ उनले भने, ‘वागमतीका उद्योगहरूले यस्तो गरेमा अन्य प्रदेशका उद्योगहरूले पनि सिक्दै जान सक्नेछन् ।’

यस्तो अवसर र सम्भावना सबै प्रदेशका उद्योगहरूलाई रहेको उनको भनाइ छ । ‘प्र्रत्येक प्रदेशको आर्थिक गतिविधिसम्बन्धी अध्ययन फरकफरक समूहले गरेका हुन्, त्यसअनुसार सबैले यो ढंगले नसोच्न पनि सक्छन् । त्यसैले अन्य प्रदेशको अध्ययन प्रतिवेदनमा यस सम्बन्धमा उल्लेख नभएको पनि हुन सक्छ,’ उनले भने, ‘तर, अहिले पूँजीबजारतर्फ आकर्षण बढेको अवस्थामा सबै प्रदेशका उद्योगलाई यो अवसर हुन सक्छ ।’ आर्थिक अभियान दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x