
नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपाल (नाडा)को आसन्न निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी ध्रुव थापाले प्यानल घोषणा गरेका छन् ।
बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफ्नो प्यानल घोषणा गरेका हुन् ।
अध्यक्ष पदका उम्मेदवार थापाको प्यानलमा नाडाको वर्तमान कार्य समितिका आकाश गोल्छा, निराकार श्रेष्ठ, दिपक अग्रवाल, कपिल शिवाकोटी र शुभाशिष थपलिया छन्।
प्यानलमा अमरज्योति रञ्जित, बि.एन. पाठक, दिपेन्द्रकुमार मिश्र, नवराज भुसाल, नारायणप्रसाद पौडेल (राजन), प्रदिपमान प्रधान, प्रकाश सिग्देल, रिद्धि कार्की, सगुन बि.एस्. कंसाकार, सञ्जयकुमार खेतान छन् ।
नाडाको साधारणसभा तथा निर्वाचन मंसिर २२ र २३ गते हुँदैछ ।