२५ असार २०८३, बिहीबार

राप्रपा एकता महाधिवेशन: कमल थापा र राजेन्द्र लिङदेनद्वारा अध्यक्षमा उम्मेदवारी दर्ता

मंसिर १७, २०७८
राप्रपा एकता महाधिवेशन: कमल थापा र राजेन्द्र लिङदेनद्वारा अध्यक्षमा उम्मेदवारी दर्ता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङदेनले अध्यक्षका लागि मनोनयन दर्ता गराएका छन् । 

शुक्रवार पार्टीको नेतृत्वका लागि अध्यक्ष थापा र नेता लिङदेनले आ–आफ्नो प्यानलसहित राष्ट्रिय सभामा पुगेर मनोनयन दर्ता गराएका हुन् । 

मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष थापाले आफूले अत्यधिक बहुमतबाट विजय हासिल गर्ने बताए । 

उनले आफू पुनः नेतृत्वमा चुनिएपछि अध्यक्षका अर्का उम्मेदवार राजेन्द्र लिङदेनलगायत सबैलाई समेटर पार्टीलाई अघि बढाउने बताए । 

अध्यक्ष थापाले शीर्ष नेताहरू सबैको सद्भाव र स्नेह आफूलाई रहेको भन्दै आफूले निर्वाचन जित्ने दाबी गरे । 

‘युवा नेतृत्व आउनुलाई मैले अत्यन्तै सकारात्मक शुभ संकेतको रुपमा लिएको छु । हाम्रो पार्टीमा नयाँ र युवा पुस्तार तयार हुँदैछ भन्ने यो संकेत हो,’ उनले भने, ‘हामीले दिएको उम्मेदवारीको तीन वटा उद्देश्य छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकतालाई कायम राख्ने, राष्ट्रियता, प्रजातन्त्र र उदारवादको सिद्धान्तमा आधारित राप्रपालाई देशको बलियो प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित गर्ने, आगामी निर्वाचनमा राप्रपालाई सम्मानजनक सफलता हासिल गराउने, नेपालको राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण, भ्रष्टाचारको अन्त्य, धर्म परिवर्तनको अन्त्य र बेरोजगारी समस्या समाधानको निमित्त सशक्त र प्रभावकारी भूमिका खेल्न सक्ने शक्ति निर्माण गर्ने ।’

आगामी दिनमा राष्ट्रिय प्रजातन्त्र पार्टी कहिल्यै फुट्ने छैन ।’

अब राप्रपाको एकता महाधिवेशन फेरि गरिराख्नु पर्ने आवश्यकता नभएको उनको भनाइ छ । 

मनोनयन दर्तापछि अध्यक्षका अर्का उम्मेदवार राजेन्द्र लिङदेनले कुनै व्यक्तिगत महत्त्वाकांक्षा, पद प्राप्त गर्ने आकांक्षाले उम्मेदवारी नदिएको दाबी गरे । 

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीको स्तरलाई उकास्न, पार्टीलाई उठाएर देशको अग्रणी पार्टीको रुपमा स्थापित गर्न आफू नेतृत्वमा आएपछि कदम चाल्ने बताए । 

अध्यक्षका उम्मेदवार लिङदेनले अहिलेको नेतृत्व परिवर्तन पार्टीका कार्यकर्ताहरूको लागि बाध्यकारी र पार्टी उठाउने कामको सिलसिलाको एउटा प्रस्थानबिन्दु हुने बताए । उनले आफू विजयी भएमा राप्रपा बाहिर रहेका राजावादी र हिन्दू राष्ट्रवादीहरूलाई एकत्रित गरेर नेतृत्वमा आएको ६ महिनाभित्र राष्ट्रिय शक्तिको निर्माण गर्दै आगामी निर्वाचनमा पार्टीलाई बलियो शक्तिको रुपमा स्थापित गराउने प्रतिबद्धता जनाए । 

salt training

कमेन्ट गर्नुहोस्