२१ जेठ २०८३, बिहीबार

कांग्रेसको प्रदेश १ सभापतिमा गुरुराज घिमिरे र उद्धव थापाबीच प्रतिस्पर्धा हुने

मंसिर १७, २०७८
कांग्रेसको प्रदेश १ सभापतिमा गुरुराज घिमिरे र उद्धव थापाबीच प्रतिस्पर्धा हुने

लामो रस्साकस्सीपछि कांग्रेस प्रदेश १ मा सभापतिका लागि दुई वटा प्यानल बनेका छन् । 

प्रदेश १ सभापतिमा गुरुराज घिमिरे र उद्धव थापाबीच प्रतिस्पर्धा हुने भएको हो । 

संस्थापन पक्षबाट झापाका थापा र संस्थापन इतर पक्षबाट मोरङका घिमिरे प्रदेश सभापतिमा प्रतिस्पर्धा गर्ने भएका छन् । 

थापा कृष्णप्रसाद सिटौला समूहका हुन् । उनी दुईपटक झापा कांग्रेसको सभापतिसमेत बनिसकेका छन् । 

घिमिरे नेपाल विद्यार्थी संघका पूर्व सभापतिसमेत हुन् । प्रदेश अधिवेशनमा देउवा र सिटौला पक्ष मिलेर चुनाव लड्ने भएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्