×

NMB BANK
NIC ASIA

निमार्णाधीन भीमसेन मन्दिरले राष्ट्रका साथै अन्तर्राष्ट्रिय जगतमा प्रतिष्ठा बढाइरहेको छ : मन्त्री भुसाल

मंसिर १८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले हाल पाटन दरबार स्क्वायरस्थित स्थानीय समुदायको पहलमा निमार्णाधीन भीमसेन मन्दिरले राष्ट्रका साथै अन्तराष्ट्रिय जगतमासमेत प्रतिष्ठा बढाइरहेको बताएकी छन् ।

Muktinath Bank

ललितपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा आज सो मन्दिरमा जनश्रमदानबाट  झिँगटी हाल्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामुहिकरूपमा  गर्न चाहे हरेक कुरा सम्भव हुने बताइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री भुषालले भनिन्, “ छ वर्षअघि भूकम्पले क्षति पु¥याएको पाटनको यस सम्पदामा ‘हाम्रो सम्पदा हामी आफैँ बनाऔँ’ भन्ने नाराले  मूर्तरुप लिएकाले मन्दिर लामो समय त्यसै जीर्ण अवस्थामा रहनु परेन ।” जनताको सहयोगमा अघि बढिरहेको निर्माणको कामले मुलुकका हरेक व्यक्तिलाई कर्तव्य बोधसमेत गराएको उनको भनाइ थियो ।


Advertisment
Nabil box
Kumari

सङ्घका पूर्व अध्यक्ष कृष्णलाल महर्जनले आज बिहान ९ः३० देखि दिउँसो २ बजेसम्म सो काम गर्न ललितपुरका जनताको सहभागिता रहने  बताए । मन्दिर पुनःनिर्माणमा प्राविधिक सहयोगको जिम्मा लिएको काठमाडौँ भ्याली प्रिजर्भेशन ट्रष्ट (केभिपिटी) का निर्देशक डा रोहित रञ्जितकारले झिँगटी छाउने काम अझै १०–१२ दिन लाग्ने बताए । 

Vianet communication
Laxmi Bank

विसं २०७२ को गोरखा भूकम्प र पटकपटक आएको परकम्पका कारण मन्दिरको दलिन, बिम र माथिल्लो तलाको गारो थाम्ने थामसमेत भाँचिएर चिराचिरा परेको थियो । तीनतले मन्दिरको सबैभन्दा माथि गजुर हाल्ने अनि सोही तलामा सुन लेपन गरिएको तामाको पाता छाइएको र दोस्रो तलामा झिँगटी छाउनेसमेत सकिएकामा  हाल बाँकी रहेको तलाको काम  अघि बढाइएको हो । 

सङ्घका अध्यक्ष मनोजबहादुर न्याछयोंले झिँगटीको काम सकेर मन्दिरको तोरण आदि सम्पूर्ण सरसफाइ पुसभित्र सम्पन्न गरिने जानकारी दिए । चार शताब्दीभन्दा पुरानो इतिहास बोकेको मल्लकालीन भीमसेन मन्दिर उपत्यकाकै नमूना धरोहरका रुपमा प्यागोडा शैलीमा निर्माण भइरहेको छ । सो कामका लागि आज मन्दिरमा स्थानीय जनताका साथै विभिन्न जातीय समाज  र विभिन्न सङ्घसंस्थाका व्यक्तिसमेत सहभागी थिए । विश्वसम्पदा सूचीमा सूचीकृत ललितपुर महानगरपालिका–१६ मा उक्त मन्दिर छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x