२६ असार २०८३, शुक्रबार

एसियन युथ पारा ब्याडमिन्टन– नेपालबाट प्रतिनिधित्व गरेका प्रकाशले युएईका खेलाडीलाई पनि हराए

मंसिर १८, २०७८
एसियन युथ पारा ब्याडमिन्टन– नेपालबाट प्रतिनिधित्व गरेका प्रकाशले युएईका खेलाडीलाई पनि हराए

नेपाली पारा ब्याडमिन्टन खेलाडी प्रकाश अधिकारीले बहराइनमा जारी एसियन युथ पारा ब्याडमिन्टन प्रतियोगितामा दोस्रो जीत हात पारेका छन् । 

शनिवार भएको आफ्नो दोस्रो खेलमा अधिकारीले युएई खेलाडी फौजी अल्सेनामीलाई २१–०२ तथा २१–०१ को सोझो सेटमा पराजित गरेका हुन् ।

पहिलो खेलमा भने अधिकारी इन्डोनेसियाका मोहम्मद फर्जी इब्राहिमसँग पराजित भएका थिए ।

उनी अब सिधै क्वार्टर फाइनलमा प्रवेश गरेका छन्। क्वार्टर फाइनलमा उनले भोलि (आइतवार) थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछन् ।

अधिकारी नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने पहिलो पारा ब्याडमिन्टन खेलाडी हुन् । 

उनको शरीरको दायाँ साइडमा जन्मजात समस्या छ । तै पनि बायाँ हातको भरमा निकै आकर्षक खेल खेल्न सक्षम छन् ।



 

salt training

कमेन्ट गर्नुहोस्