२९ जेठ २०८३, शुक्रबार

चुनावी सुरक्षा रणनीतिमा परिवर्तन, गृहमन्त्री शर्मा यसो भन्छन्

कात्तिक २०, २०७४
चुनावी सुरक्षा रणनीतिमा परिवर्तन, गृहमन्त्री शर्मा यसो भन्छन्

काठमाडौं, १२ असार– गृहमन्त्री जनार्दन शर्माले दोस्रो चरणको निर्वाचन अन्तर्गत बुधबार (असार १४ गते) हुने मतदानका लागि पहिलेको भन्दा सुरक्षा रणनीतिमा परिवर्तन गरिएको बताएका छन् । उनले पहिलो चरणको स्थानीय तह निर्वाचनमा भन्दा प्रभावकारी सुरक्षा व्यवस्था अपनाइएको समेत बताए ।

सोमबार राजधानीमा आयोजित साक्षात्कार बोल्दै गृहमन्त्री शर्माले सुरक्षा व्यवस्थालाई कडा बनाएको बताए । साथै मतदान स्थल, मतदाता र उम्मेदवारको सुरक्षाका पैदल र हवाइ गस्तीको व्यवस्था गरिएको उनले जानकारी दिए ।

‘निर्वाचनको लागि सुरक्षाको कुनै समस्या छैन, सरकारले सबै प्रबन्ध मिलाएको छ, सबै सुरक्षा निकायहरुलाई परिचालन गरेको छ,’ उनले भने, ‘सबै मतदाताहरु मतदान केन्द्रमा गएर आफ्नो मतदान अधिकार प्रयोग गर्नुहोस्, तपाईहरुलाई चाहिने सबै सुरक्षा व्यवस्था हामीले गरिसकेका छौं ।’

निर्वाचन सम्पन्न गर्न कर्मचारीदेखि आवश्यक सुरक्षाकर्मीहरुलाई सबै क्षेत्रमा खटाइसकिएको उनले बताए । अब मतदान केन्द्रमा कुनै समस्या नरहेको पनि उनले दावी गरे ।

‘पहिलो चराणको निर्वाचनबाट हामीले धेरै कुरा सिकेका छौं, त्यसकारण यो पटक सुरक्षा निकायको प्रयोग दरिलो र बलियो रुपमा अगाडि बढाईएको छ,’ मन्त्री शर्माले भने, ‘पहिलो चरणकोभन्दा यस पटक सुरक्षा निकायको प्रयोग सशक्त र प्रभावकारी हुनेछ ।’

मन्त्री शर्माका अनुसार हरेक प्रदेश र हरेक जिल्लामा छुट्टा छुट्टै सुरक्षा योजना बनाइएको पनि बताए । ‘पहिलेको भन्दा अहिले सुरक्षा योजना परिमार्जन गरिएको छ, त्यही अनुसार सरक्षा योजना कार्यान्वयन भैरहेको छ,’ उनले भने, ‘म तीन वटै प्रदेशका मुख्य मुख्य स्थानमा पुगेर आएको छु, त्यहाँ मैले सबै सरोकारवाला पक्षसँग छलफल गरें । र उहाँहरुको सुझावलाई आत्मसात् गर्दै सुरक्षा योजनामा हामीले यो पटक परिमार्जन र परिस्कृत गरेका छौं ।’

salt training

कमेन्ट गर्नुहोस्