
नेपाली कांग्रेस १४ औ महाधिवेशन अन्तरगत प्रदेश १ कार्यसमिति पदाधिकारीको संस्थापन बर्चस्व सहित विजयी भएको छ ।
संस्थापन पक्षका उद्धव थापाले पौडेल कोइराला समुहका गुरुराज घिमिरेलाई २ मतले पछि पारेका छन् ।
सोमवार बिहान ३:३० बजे निर्वाचन समितिले घोषणा गरेको मत परिणाम अनुसार थापाले ८ सय ४४ र घिमिरेले ८ सय ४२ मत प्राप्त गरेका छन् ।
यस्तै महामन्त्रीमा संस्थापन इतरका उमेश थापाले ८ सय ३ मत प्राप्त गरि विजयी भएका छन् ।
यस्तै संस्थापन पक्षका भुपेन्द्र राईले ८ सय २४ मत ल्याई विजयी भएका छन्।
यस्तै सह-महामन्त्री महिला तर्फ संस्थापन पक्षकी प्रमिला गच्छदारले ८ सय ३७ मत ल्याएर विजयी भएकी छिन् भने इतरकी सीता कार्कीले ७ सय ९३ मत प्राप्त गरेकी छिन् ।
यस्तै सह- महामन्त्री खुल्ला तर्फ सर्वाधिक मतका साथ खड्ग फागो विजयी भएका छन् । उनले १ हजार २६ मत प्राप्त गरेका छन् भने अर्का विजयी बिनोद कुमार बस्नेतले ७ सय ४७ मत प्राप्त गरि विजयी बनेका छन्।
अध्यक्षमा पदमा सुरुवाती अग्रता लिदै आएका गुरुराज घिमिरेलाई थापाले पछ्याउँदै अन्तिम मतगणनामा २ मतले पछि पारेका थिए ।
थापाले २ मत बढी प्राप्त गरे पछि मतगणनामा त्रुटि भएको भन्दै केही बेर बिबाद उत्पन्न भएको थियो ।
यस्तो छ अन्तिम मतपरिणाम
सभापति:
१.उद्धव थापा - ८४४
२.गुरुराज घिमिरे -८४२
उपसभापति :
१.गोबिन्द प्रसाद ढुंगाना ( केदार ) -७६५
२.टंक प्रसाद राई -८४७
३.रमेशजंग रायमाझी -८९०
४.विश्वनाथ रिजाल ( त्रिलोचन ) -६६९
महामन्त्री :
१.उमेश थापा -८०३
२.दिपनकुमार श्रेष्ठ -७६४
३.पदम सुन्दर पालुङ्गवा- ८०७
४.भुपेन्द्र राई -८२४
सह-महामन्त्री :
१.प्रमिला गच्छदार -८३७
२.सीता कार्की-७९३
सह-महामन्त्री :
१.खड्ग फागो -१०२६
२.रोहित कुमार शाह -६६५
३.बिनोद कुमार बस्नेत -७४७
४.विरकाजी राई -६४७
५.शुभचन्द्र राई -८४