२१ असार २०८३, आइतबार

एनसीसी बैंकले गर्‍यो सात वटै प्रदेशमा रक्तदान कार्यक्रम

मंसिर २४, २०७८
एनसीसी बैंकले गर्‍यो सात वटै प्रदेशमा रक्तदान कार्यक्रम

एनसीसी बैंक लिमिटेडको २५ औं वार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रम गरेको छ । 

बिहीवार बैंकले प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर र लहान, बागमतीको काठमाडौं मुख्य शाखा र नारायणगढ, गण्डकीको पोखरा, लुम्बिनीको सिद्धार्थनगर, कर्णालीको वीरेन्द्रनगर र सुदूरपश्चिमको धनगढी गरी ९ वटा शाखाहरूबाट रक्तदान गरेको हो । 

रक्तदान कार्यक्रममा ५७१ प्वाइन्ट रगत संकलन भएको बैंकले जनाएको छ । साथै हालसम्म १६८ पटक रक्तदान गरेका काठमाडाैं, बागबजार निवासीका प्रेमसागर कर्मचार्यलाई बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले कदर पत्र प्रदान गरेका थिए । 

साथै बैंकले २५ औं वार्षिकोत्सवको अवसरमा “एनसीसी सिल्भर सेभिङ खाता”, “एनसीसी सुगम सिल्भर मुद्दती खाता”, “एनसीसी सिल्भर रेमिट सेभिङ खाता” र “एनसीसी सिल्भर रेमिट मुद्दती खाता”  जस्ता निक्षेप खाताहरू सञ्चालनमा ल्याएको छ । 

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी  १३७ शाखा १० वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटीएम बुथहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्