
नेपाली कांग्रेसको १४औं महाधिवेशन केहीबेरमा शुरू हुँदैछ । सभापति शेरबहादुर देउवा महाधिवेशनस्थल काठमाडौंको भृकुटीमण्डप पुगेका छन् ।
दिउँसो १ बजे महाधिवेशनको उद्घाटन गर्ने भनिए पनि अहिलेसम्म शुरू हुन सकेको छैन । नेता, कार्यकर्ताले महाधिवेशनस्थल भरिएको छ ।
महाधिवेशनको उद्घाटन समारोहका लागि भृकुटीमण्डप क्षेत्र सिँगारिएको छ । स्वागतद्वार, प्रवेशद्वार, मञ्च र कार्यक्रम स्थललाई कांग्रेसमय बनाइएको छ । झाकी, नाचगान पनि चलिरहेको छ ।
महाधिवेशनबाट कांग्रेसले नयाँ नेतृत्व चयन गर्नेछ ।