१० साउन २०८३, आइतबार

केही अर्ब पैसाका लागि असंलग्नताको नीति नत्याग्न कांग्रेसलाई सीपी मैनालीको सुझाव

मंसिर २४, २०७८
केही अर्ब पैसाका लागि असंलग्नताको नीति नत्याग्न कांग्रेसलाई सीपी मैनालीको सुझाव

नेकपा मालेका महासचिव सीपी मैनालीले केही अर्ब पैसाका लागि असंलग्नताको नीति नत्याग्न कांग्रेसलाई सुझाव दिएका छन् । 

नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै मैनालीले नामै नलिई एमसीसी अनुमोदन गर्न नहुने बताएका हुन् । 

‘नेपालले असंलग्न परराष्ट्र नीति अनुशरण गर्दै आएको छ, यदी सन्तुलन गुमायौँ भने हिजोको शीतयुद्धमा भन्दा बढी क्षति पुग्नेछ,’ मैनालीले भने, ‘पुरानो पार्टी कांग्रेस जसले झण्डामा राष्ट्रियता लेखेको छ । राष्ट्रियताको विषयमा सम्झौता नगरोस् ।’

मुलुक अप्ठेरोमा परेको बेला कांग्रेसले सही निकास दिनुपर्ने बताए । ‘संसदीय व्यवस्था पटक–पटक असफल भएको छ, सुधारेर ल्याएको संसदीय व्यवस्थाको यो हाल छ । सभामुखले न्याय दिएनन् भनेर प्रतिपक्षी दलले संसद अवरुद्ध गरेको छ,’ मैनालीले भने, ‘यो व्यवस्था तेस्रो पटक ल्यायौँ, अफ्ठेरोमा परेको छ देश, यस्तो बेला कांग्रेसले निकास देओस् ।’ 

salt training

कमेन्ट गर्नुहोस्