२३ जेठ २०८३, शनिबार

१६ बुँदे घोषणपत्र जारी गर्दै सकियो मानव अधिकारसम्बन्धी राष्ट्रिय सम्मेलन

मंसिर २४, २०७८
१६ बुँदे घोषणपत्र जारी गर्दै सकियो मानव अधिकारसम्बन्धी राष्ट्रिय सम्मेलन

मानव अधिकारसम्बन्धी राष्ट्रिय सम्मेलन १६ बुँदे काठमाडौं घोषणा पत्र जारी गर्दै सकिएको छ । 

नेपाल बार एशोसिएशन मानव अधिकार तथा जनसरोकार समितिले ७३ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा शुक्रवार मानव अधिकारसम्बन्धी राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो । 

सम्मेलनले अन्तर्राष्ट्रिय कानूनअन्तर्गतको नेपालको दायित्व तथा संविधानद्वारा प्रदत्त मौलिक हकको प्रभावकारी कार्यान्वयन हुनुपर्ने आवश्यकतामा जोड दिएको छ । 

घोषणापत्रमा न्यायपालिकाभित्रको अनियमितता, भ्रष्टाचार एवम् विचौलिया अन्त्य गर्न आवश्यक कदम चाल्नुपर्ने, न्यायपालिकामाथि कार्यपालिकीय अनुचित हस्तक्षेप सदाका लागि बन्द गरी स्वतन्त्र न्यापालिका र शक्ति पृथकीकरणको सिद्धान्तको पालना गर्नुपर्नेलगायतका माग गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्