
कृष्ण सिटौला समूहलाई एउटा महामन्त्री दिने प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको तयारीले संस्थापन पक्षभित्रै असन्तुष्टि देखिएको छ ।
संस्थापन पक्षबाट गृहमन्त्री बालकृष्ण खाँण, अहिलेका सहमहामन्त्री डा. प्रकाशशरण महत मुख्य दावेदार छन् ।
यस्तै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा केन्द्रीय सदस्यद्वय रमेश लेखक र एनपी साउदले सो पदमा दाबी गरेका थिए ।
सिटौला समूहलाई महामन्त्री दिँदा महत र खाँणमध्ये एकजना बाहिरिने छन् । सिटौला समूहलाई महामन्त्री दिने तयारी भएपछि गृहमन्त्री खाँणले असन्तुष्टि जनाएको कांग्रेस स्रोतले जानकारी दियो ।
कांग्रेस महामन्त्रीको दाबेदार रहेका खाणले बरू गृहमन्त्री छाड्न तयार रहेको बताएका थिए ।
सिटौला समूहले महामन्त्री पाएको खण्डमा प्रदीप पौडेल महामन्त्रीका उम्मेदवार बन्ने छन् । यस्तै खानेपानी मन्त्री उमाकान्त चौधरी थारु कोटाबाट सहमहामन्त्रीको उम्मेदवार बन्ने सहमति भएको छ ।