
मंसिर २४ बाट शुरू भएको टिभीएस राइडर सप्तरंग ३ को पहिलो दिनको कार्यक्रम काँकडभिट्टामा सम्पन्न भएको छ।
कार्यक्रममा महानायक राजेश हमालका साथै मुख्य मन्त्री राजेन्द्र राईले टिभीएस राइडर कार्यक्रमको उद्घाटन गरेका थिए ।
कार्यक्रमको दोश्रो दिन टिभीएसले आफ्नो बिर्तामोडमा रहेको सोरुम पाथिभरा अटो लिंक र लहानमा रहेको सोरुम राज अटोमोबाइल्समा पनि टिभीएस राइडरको उद्घाटन गरेका थिए।
टीभीएस रेडरमा टीभीएस मोटर कम्पनीको नवप्रबर्तनात्मक डिजाइन, पृथक र बोल्ड डिजाइन थिमका साथ समाहित गरिएको छ ।

टीभीएस रेडरले ६,५०० आरपीएममा ११.५ एनएम टर्क र ८००० आरपीएममा १२.९ पीएस अधिकतम शक्ति उत्सर्जन गर्ने क्षमता राख्छ ।
यो मोटरसाइकलले श्रेणीमै उत्कृष्ट ० देखि ६० किलो मिटर प्रति घण्टाको एक्सिलिरेशन मात्र ५.७ सेकेण्डमा प्राप्त गर्ने क्षमता राख्छ ।
कम्पनीले यसमा ग्यास चार्जड् फाइभ स्टेप एड्जस्टेबल मोनो शक सस्पेन्शन, लो फ्रिक्शन फ्रण्ट सस्पेन्शन र स्प्लिट सिट, ५ स्पिड गियरबक्स र १७ ईञ्च अलोय चंकी फराकिलो टायरको प्रयोग गरिएको छ ।