१० साउन २०८३, आइतबार

दाङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

मंसिर २६, २०७८
दाङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

दाङमा आइतवार जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुई जना महिला र एक जना पुरुष रहेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण पुजाराले जानकारी दिए । मृत्यु हुनेको पहिचान खुलेको छैन । 

दाङ तुलसीपुरबाट सल्यान कपुरकोट जाँदै गरेको रा १ ज ४३८ नम्बरको जीप आइतवार अपरान्ह साढे ४ बजेतिर तुलसीपुर उपमहानगरपालिका-३,सिरखोलामा दुर्घटना भएको हो ।

जीप सडकबाट करीब २०० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । 

जीपमा १३ जना यात्रु सवार रहेको बताइएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

salt training

कमेन्ट गर्नुहोस्