३० जेठ २०८३, शनिबार

अश्लीलता झल्कने भिडियो प्रसारण गरेको आरोपमा एक युट्युबर पक्राउ

मंसिर २६, २०७८
अश्लीलता झल्कने भिडियो प्रसारण गरेको आरोपमा एक युट्युबर पक्राउ
सांकेतिक तस्वीर।

युट्युब च्यानलमार्फत् अश्लीलता झल्कने भिडियो प्रसारण गरेको आरोपमा एक युट्युबर पक्राउ परेका छन् । 

बूढानीलकण्ठ नगरपालिका-४ बस्ने कालीकोट झरना गाउँपालिका-९ घर भएका २१ वर्षीय भरतबहादुर तिरुवालाई प्रहरीले शुक्रवार पक्राउ गरेको  हो । 

टेन्सन ब्रो नामक युट्यब च्यानल सञ्चालन गरी अश्लील शीर्षक राखी समाजमा अश्लीलता फैलाउने किसिमका भिडियोहरू बनाई युट्युबलगायत सामाजिक सञ्जालमा प्रसारण गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूर गरेको पाइएपछि उनलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीले जनाएको छ । 

उनीमाथि  जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्