१६ असार २०८३, मंगलबार

हाम्रो टीम विजयी भए कांग्रेसलाई सुदृढ र गतिशील बनाउने छ- शेखर कोइराला

मंसिर २६, २०७८
हाम्रो टीम विजयी भए कांग्रेसलाई सुदृढ र गतिशील बनाउने छ- शेखर कोइराला

नेपाली कांग्रेसका सभापति पदका उम्मेदवार डा. शेखर कोइरालाले आफ्नो टीम विजयी हुँदा पार्टीलाई सवल, गतिशील र सुदृढ बनाउने बताएका छन् । उनले पार्टीलाई गुट उपगुटमा नलगी कांग्रेसको शाख फिर्ता गराउने बताए । 

आइतवार साँझ आफ्नो प्यानललाई राखेर गरेको पत्रकार सम्मेलनमा कोइरालाले आगामी तीनवटै निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने प्रतिबद्धता जनाएका हुन् । 

‘कुनै गुट–उपगुटमा नलागी कांग्रेसलाई अगाडि बढाउन लागिपरेका छौं । नेपाली कांग्रेसको गौरवशाली इतिहासलाई सम्झेर हाम्रो टीमलाई विजयी गराउनु हुनेछ भन्ने विश्वास लिएको छु,’ कोइरालाले भने, ‘नेपाली कांग्रेसलाई भागवण्डारहित, गुटबन्दीरहितको नेपाली कांग्रेस बनाएर सबैलाई समेट्ने नेपाली कांग्रेस बनेर तीनवटै निर्वाचनमा विजय हासिल गर्छौं भन्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

कोइरालाले आफूहरूसँग अनुभवी टीमको कमी नभएको बताए । ‘हामीसँग अनुभवी टीमको कमी छैन, महामन्त्री शशांक कोइराला, अर्जुननरसिंह केसी, डा. रामशरण महत, बलबहादुर केसी हाम्रै प्यानलमा हुनुहुन्छ,’ कोइरालाले भने ।

salt training

कमेन्ट गर्नुहोस्