
कांग्रेस सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइराला दुवैको साथ आफ्नो टीमलाई रहेको बताएका छन् ।
पार्टीको भावी नेतृत्वका लागि मतदानको अघिल्लो दिन आइतवार अनुपम फूडल्यान्डमा पत्रकार सम्मेलन गर्दै शेखरले यस्तो दाबी गरेका हुन् ।
'रामचन्द्र पाैडेल वरिष्ठ नेता हो । शशांक कोइराला हाम्रो महामन्त्री हो । उहाँहरूसँग हामीले पटक-पटक भेटेका छौं । उहाँहरूको साथ मलाई मात्र होइन, हाम्रो समग्र टीमका लागि छ,' कोइरालाले भने ।
उनले वर्तमान सरकार र गठबन्धन आगामी चुनावसम्मै रहने पनि बताए ।