
सभामुख अग्निप्रसाद सापकोटाले सोमवार संघीय संसद भवन नयाँबानेश्वरमा बैठकस्थलको निरीक्षण गरेका छन् ।
बैठकस्थल निरीक्षणपछि सभामुख सापकोटाले संघीय संसदका तर्फबाट बैठकको सबै तयारी भइसकेको बताए ।
यस्तै एन्टिजेन विधिबाट गरिएको सभामुखकको कोभिड–१९ परीक्षणको नतिजा नेगेटिभ आएको संसद् सचिवालयले जनाएको छ ।
संसद अधिवेशन मंगलवारबाट शुरू हुँदैछ ।