१० साउन २०८३, आइतबार

वर्तमान नेतृत्व असक्षम हुँदा पार्टी सभापतिमा उठ्नु पर्‍यो- प्रकाशमान सिंह

मंसिर २७, २०७८
वर्तमान नेतृत्व असक्षम हुँदा पार्टी सभापतिमा उठ्नु पर्‍यो- प्रकाशमान सिंह

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका उम्मेदवार प्रकाशमान सिंहले हाल भइरहेको नेतृत्व असक्षम हुँदा पार्टी सभापतिमा उठ्नु परेको बताएका छन् । 

उनले पार्टी सभापति देउवाले समयमै महाधिवेशन नगराएको, क्रियाशील सदस्यतामा ढिलासुस्ती गरेको र पार्टीको विधानमा मनपर्दी गरेको कारण यस्तो अवस्था सिर्जना भएको बताए । 

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरू भएको हो । 

सोमवार पार्टी नेतृत्व चयनका लागि मतदान भइरहेको छ ।

पार्टी सभापतिका लागि शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङ चुनावी प्रतिस्पर्धामा छन् । 

salt training

कमेन्ट गर्नुहोस्