२९ जेठ २०८३, शुक्रबार
कांग्रेस महाधिवेशन

रिसाएर भोट नहाली होटल फर्किएका प्रतिनिधिलाई ल्याउनका लागि एक घण्टा थपियो मतदानको समय

मंसिर २७, २०७८
रिसाएर भोट नहाली होटल फर्किएका प्रतिनिधिलाई ल्याउनका लागि एक घण्टा थपियो मतदानको समय
फाइल तस्वीर

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको समय एक घण्टा थपिएको छ ।

मतपत्र सकिएपछि लामो समय मतदान रोकिँदा भोट नहाली होटलमा फर्किएका मतदातालाई मतदानमा ल्याउनका लागि समय थपिएको स्रोतले जानकारी दियो ।

मतपत्रको अभावमा मतदान रोकिँदा केही प्रतिनिधि रिसाएर सुत्न भन्दै होटलमा फर्किएका थिए ।

ती प्रतिनिधिलाई फर्काउनका लागि कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा मतदानको समय थपिएको स्रोतको दाबी छ ।

अहिले होटलबाट प्रतिनिधिहरूलाई स्कोर्पियोमा राखेर मतदान स्थलमा ल्याइँदैछ ।

निर्वाचन समितिका अनुसार अब राति साढे ११ बजेसम्म मतदान जारी रहनेछ ।

salt training

कमेन्ट गर्नुहोस्