
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ ।
सभापति पदको १०० भोट गणना हुँदा शेरबहादुर देउवाले ५० मत ल्याएका निर्वाचन समितिले जनाएको छ ।
अर्का उम्मेदवार डा. शेखर कोइरालाले ३५, बिमलेन्द्र निधिले ११, प्रकाशमान सिंहले ३ र कल्याण गुरुङले १ मत पाएका छन् ।
सभापति पदको मतगणना बिहान पौने ४ बजेदेखि शुरू भएको हो ।