३१ असार २०८३, बुधबार

कांग्रेस सभापतिको मतगणना अपडेटः २१०० मत गन्दा कसको कति ?

मंसिर २८, २०७८
कांग्रेस सभापतिको मतगणना अपडेटः २१०० मत गन्दा कसको कति ?

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदको २१०० मतगणना गरिएको छ ।

सभापति पदमा २१०० मतगणना हुँदा शेरबहादुर देउवाले ९९१, शेखर कोइरालाले ७६२, प्रकाशमान सिंहले १७४, विमलेन्द्र निधिले १२७ र कल्याण गुरुङले ७ मत पाएका छन् ।

कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि चुनिएर आएकामा ४ हजार ६७९ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस नेतृत्वका लागि प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेताहरू डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्