३१ असार २०८३, बुधबार

देउवालाई सघाउन आग्रह गर्दै गृहमन्त्री खाण प्रकाशमानको निवासमा

मंसिर २८, २०७८
देउवालाई सघाउन आग्रह गर्दै गृहमन्त्री खाण प्रकाशमानको निवासमा

कांग्रेस सभापतिको लागि दोस्रो चरणमा हुने मतदानमा शेरबहादुर देउवालाई सघाउन आग्रह गर्दै गृहमन्त्री बालकृष्ण खाण सभापतिको प्रतिस्पर्धाबाट बाहिरिएका प्रकाशमान सिंहको निवासमा पुगेका छन् । 

पहिलो चरणमा कसैको बहुमत नआएपछि देउवालाई समर्थन गर्न आग्रह गर्दै मन्त्री खाण र कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायर प्रकाशमान सिंहको निवासमा पुगेका थिए । 

नेता सिंहले कार्यकर्तासँग परामर्श गरेर जवाफ दिने बताएको स्रोतले बतायो । नेता सिंहले शेरबहादुर देउवाबाट पार्टी चल्न नसकेको भन्दै सभापतिमा उम्मेदवारी दर्ता गराएका थिए । 

विगतमा संस्थापनइतर समूहमै रहेका नेता सिंह र शेखर कोइरालाबीच मत बाँडिएको थियो ।

कोइरालाले पनि आफूलाई सघाउन नेता सिंहसँग आग्रह गरेका छन् । 

पहिलो चरणमा कसैले स्पष्ट बहुमत ल्याउन नसकेपछि दोस्रो चरणमा धकेलिएको छ । 

प्रकाशमान सिंह र विमलेन्द्र निधिको समर्थन दोस्रो चरणका लागि निर्णायक हुने देखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्