०६ साउन २०८३, बुधबार
कांग्रेस महाधिवेशन

विमलेन्द्र निधिको घोषणा– दोस्रो चरणमा विनाशर्त देउवालाई समर्थन गर्छौं

मंसिर २८, २०७८
विमलेन्द्र निधिको घोषणा– दोस्रो चरणमा विनाशर्त देउवालाई समर्थन गर्छौं

नेपाली कांग्रेसको सभापति चयनका लागि दोस्रो चरणमा हुने मतदानमा विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई सघाउने भएका छन् ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि दिउँसो साढे ३ बजेपछि हुने मतदानमा निधिले देउवालाई सघाउने भएका हुन् ।

दोस्रो चरणमा देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ । 

'मैले बधाई दिएँ । उहाँ (देउवा)ले अहिले कहाँ भएको छ र, तपाईंको समर्थन चाहिन्छ, भन्नुभयो,' आफ्नै निवासमा देउवासँगको भेटपछि निधिले भने, 'दोस्रो चरणको निर्वाचनमा विनाशर्त पार्टी सभापति शेरबहादुरजीलाई सपोर्ट गर्ने भएका छौं ।'

सभापतिका अर्का प्रत्यासी प्रकाशमान सिंहले पनि देउवालाई समर्थन गर्ने निर्णय गरिसकेका छन् ।

पहिलो चरणमा प्रधानमन्त्री एवं निवर्तमान सभापति शेरबहादुर देउवाले २ हजार २५८ मत प्राप्त गरेका थिए ।

सभापतिका अन्य प्रत्यासी डा. शेखर कोइरालाले १७०२, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले भने २२ मत प्राप्त गरे ।

 

salt training

कमेन्ट गर्नुहोस्