![कांग्रेस महाधिवेशनः दोस्रो चरणको मतदानका लागि प्रतिनिधिहरू लाइनमा [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/congress_3_wlHbFH46FO.jpg)
नेपाली कांग्रेसको सभापति चयन गर्न दोस्रो चरणको मतदानका लागि प्रतिनिधिहरू लाइनमा बसिसकेका छन् । दोस्रो चरणको मतदानमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ ।
साढे ३ बजेदेखि शुरू हुने मतदानको समय साँझ साढे ७ बजेसम्मका लागि तोकिएको छ ।
पहिलो चरणको निर्वाचनमा सभापतिका उम्मेदवार कसैले पनि स्पष्ट बहुमत अर्थात् ५० प्रतिशतभन्दा धेरै मत ल्याउन नसकेपछि दोस्रो चरणमा धकेलिएको हो ।
पहिलो चरणमा प्रधानमन्त्री एवं निवर्तमान सभापति देउवाले २२५८ मत प्राप्त गरेका थिए । सभापतिका अर्का प्रत्यासी डा. कोइरालाले १७०२ मत प्राप्त गरेका थिए ।
यस्तै प्रकाशमान सिंहले ३७१ र विमलेन्द्र निधिले २५० मत प्राप्त गरे भने सभापतिका पाँचौं प्रत्यासी कल्याण गुरुङले भने २२ मत मात्रै प्राप्त गरे ।
दोस्रो चरणको मतदानमा धेरै मत ल्याउने देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ ।
सोमवार मध्यरातसम्म चलेको मतदानमा ४ हजार ७४३ मध्ये ४ हजार ६७९ जनाले मतदान गरेका थिए ।




