३० असार २०८३, मंगलबार

पूर्वराष्ट्रपति जुमालाई पुनः जेल फर्किन आदेश

मंसिर २९, २०७८
पूर्वराष्ट्रपति जुमालाई पुनः जेल फर्किन आदेश

दक्षिण अफ्रिकाको एक अदालतले बुधबार पूर्वराष्ट्रपति याकोब जुमालाई जेल फिर्ता हुन आदेश दिएको छ । अदालतले उनलाई सेप्टेम्बरमा स्वास्थ्य समस्या देखिएको भनी परेको निवेदनमाथि सुनुवाई गर्दै उपचारका लागि अस्थायीरूपमा रिहा गरिएको थियो ।

जुमालाई स्वास्थ्यसम्बन्धी ‘पेरोल’मा राख्ने निर्णयलाई अदालतले ‘गैरकानुनी’ ठहर गर्दै बाँकी सजाय बिताउन पुनः जेलमा फिर्ता हुन उच्च न्यायालयका न्यायाधीश इलियास माटोजेनको फैसलामा उल्लेख छ ।

अदालतको बुधबारको फैसलाको केही घण्टाभित्रै जुमाका वकिलहरूले नयाँ अपील दर्ता गरेका छन् । यस कदमको अर्थ जुमा अपीलको सुनुवाई नभएसम्म जेलमा फर्कने छैनन् ।

७९ वर्षका जुमालाई अदालतको अवहेलना गरेको आरोपमा जुलाईमा १५ महिना जेल चलान गरिएको थियो । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपतिले आफूमाथि लागेको भ्रष्टाचार मुद्दामा अनुसन्धानकर्तालाई साक्षी दिन नमानेपछि उनलाई जेल चलान गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्