२४ असार २०८३, बुधबार
कांग्रेस महाधिवेशन

३०० मत गन्दा गगनलाई २००, प्रदीप पौडेल दोस्रोमा

३०० मत गन्दा गगनलाई २००, प्रदीप पौडेल दोस्रोमा

नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणनामा गगन थापाले फराकिलो अग्रता कायम राखेका छन् ।

३०० मत गन्दा गगनले २०० मत प्राप्त गरेका छन् । दोस्रोमा रहेका प्रदीप पौडेलले ११०, विश्वप्रकाश शर्माले १०४, प्रकाशशरण महतले ९१ मीनेन्द्र रिजालले ५५ मत प्राप्त गरेका छन् ।

कांग्रेस मुख्यालय सानेपामा ३ स्थानमा मतगणना भइरहेको छ ।

सभापति र उपसभापति पदको मत गणना भने यसअघि नै सकिएको छ ।

सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् भने उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङले जित हात पारेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्