
गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
यस अवधिमा १५ जना संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
थपिनेमा नवलपरासी बर्दाघाट सुस्ता पूर्वका ७, कास्कीका ४, तनहुँका २, म्याग्दी र लमजुङका १/१ रहेको स्वास्थ्य निर्देशनालय प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र गण्डकीका संयोजक नवराज शर्माले जानकारी दिए ।
प्रदेशमा सक्रिय संक्रमितको संख्या २०० जना रहेको र होम आइसोलेसनमा १८३ जना रहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा हालसम्म कूल ३ लाख ५४ हजार २९० जनाको कोरोना परीक्षण गरिएकोमा ८८ हजार २१५ जना संक्रमित भएका थिए । जसमध्ये ८६ हजार ५९१ निको भएको र १ हजार ४२४ जनाको मृत्यु भएको जनाइएको छ ।